काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ ।
कम्पनीले ७ वर्ष अवधिका लागि ‘६ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८८/८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिएकाई १ हजार रुपैयाँका दरले ५० लाख एकाई ऋणपत्र निष्कासन गरेको छ ।
जसमा ३० लाख एकाई बैंकले अन्य संघ संस्थालाई बिक्री गर्नेछ । बाँकी २० लाख एकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख एकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसको वार्षिक ६ प्रतिशत ब्याजदर रहेको छ । बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ । ऋणपत्रमा जेठ २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १ गतेसम्म आवेदन दिन सकिने छ ।
ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख एकाइसम्म आवेदन दिन सकिनेछ। ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।






प्रतिक्रिया दिनुहोस्