Skip to content

युवा स्वरोजगार कोषले १५ बैंक, वित्तीय संस्थाको साढे ३१ करोड साँवा तिरेन, करिब ४ अर्ब ऋणको अभिलेख गायब

काठमाडौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १५ बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने साँवा ३१ करोड ५३ लाख ३३ हजार बाँकी रहेको छ ।

कोषले अहिलेसम्म ब्याज तथा हर्जानाको गणना गरी अभिलेख नराखेको पाइएको छ । सम्झौताअनुसार हिसाब यकिन गरी साँवा, व्या ज तथा हर्जाना रकम असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी भएको रकम नबुझाउने तथा रकम दुरुपयोग गर्ने ऋणीलाई थप २ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको विवरणअनुसार १ हजार २३९ सहकारी संस्थाबाट २०८१ आषाढ मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार रुपैयाँ रहेको छ । यस्तै हर्जानाबापत ३ करोड ८८ हजारसमेत गरी कुल १ अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्नुपर्ने देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कोषले विपन्न वर्ग अन्तर्गत २०६५ सालमा सरकारको निर्णयअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको तिर्न बाँकी साँवा तथा ब्याज दायित्व यकिन गरी स्रेस्ता अद्यावधिक गर्नुपर्छ । कोषको वित्तीय विवरणअनुसार बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न बाँकी दायित्व ३ अर्ब ८६ करोड १३ लाख ८७ हजार रहेको छ ।

कोषले ऋण लिएका बैंक तथा वित्तीय संस्थाहरूको खाता नराखेको तथा आर्थिक वर्षको अन्त्यमा बैंकलाई तिर्न बाँकी साँवा र ब्याजको बैंकबाट प्रमाणितपत्र नलिएकोले तिर्न बाँकी ऋणको अभिलेख अद्यावधिक नभएको पाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi