Skip to content

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभन्वित भएका छन् । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । 

यही चैत ५ गते सोमबारदेखि ११ गते आइतबारसम्म ग्लोबल मनी विक–२०२४ प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर मुलनाराका साथ देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

सो बैंकका देशैभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । 

सो बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ८७ वटा शाखा कार्यालय, ३ सय ५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi