काठमाडौं । सरकारले दुईवटा विदेशी र एउटा नेपालीसहित तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् ।
कार्यालयका अनुसार मरुशिन र पीएच–एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्