Skip to content

गभर्नर डा. पौडेलविरूद्धको रिट हेर्न भ्याइएन

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गगभर्नर विश्वनाथ पौडेलको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

गभर्नर डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णय विरुद्धको रिट हेर्न नभ्याइनेमा परेको हो ।

उक्त रिटको पेसी आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा रहेको थियो ।

जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime