Skip to content

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई इला होटल एन्ड रिसोर्टमा १५ प्रतिशत छुट

nabil
global ime

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिसोर्टअन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ ।

कम्पनी र इला होटल एन्ड रिसोर्टबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।

इला होटल एन्ड रिसोर्टअन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिसोर्ट, बाग्लुङस्थित इला कम्फर्ट र लाजिम्पाटस्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटलअन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरु छन्। उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T