Skip to content

उज्यालो म्याग्दी कार्यक्रम : बुल र मलम्पारमा विद्युतीकरण

nabil bank

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मलम्पार र वडा नं ६ को बुलमा विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत मलम्पार र बुलमा विद्युत् सुविधा विस्तार गरिएको हो । मलम्पारमा १५० र बुलमा ४५ घरपरिवारको बसोबास छ ।

धौलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले मराङ–राम्चे हुँदै बुल र मलम्पारमा पुर्‍याइएको विद्युत् लाइनबाट घरघरमा मिटर बक्स जोडर बिजुुली बाल्न थालेका जानकारी दिए।

मलम्पार र बुलका बासिन्दाले उज्यालोका लागि हाल लघुजलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन् । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रूपैयाँ बजेटको योजना सञ्चालन गरेको छ ।

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रूम, ३ डाँडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६०० घरपरिवारमा विद्युतीकरण भइसकेको छ । धौलागिरि गाउँपालिकाको लुलाङमा मुख्य, शाखा लाइन पुर्‍याएर १०० केभीए क्षमताको ट्रान्सफर्मर जोडेर शुक्रबार परीक्षण सफल भएको छ ।

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धौलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi