Skip to content

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थपियो

nabil bank

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय थपिएको छ । आजसम्म आवेदन दिन सकिने भएपनि अब भने स्कीममा असार ६ गतेसम्म आवेदन दिन सकिने छ ।

फन्डमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको क्यापिटलले जनाएको छ । क्यापिटलले जेठ २३ गतेदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम निष्कासन गरेको छ ।

क्यापिटलले सर्वसाधारणका लागि प्रतिएकाई १० रुपैयाँका दरले खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई निष्कासन गरेको हो । जसमा ४ करोड एकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख एकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याएको छ । बाँकी रहेको एकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको जनाएको छ ।

स्किममा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime