Skip to content

कुमारी बैंक र भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंकका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङ्गले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुबिधाका लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima