Skip to content

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता तथा कर्मचारीलाई मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिसिटी हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मेबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बिमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima