Skip to content

बैंकिङ क्षेत्रको समग्र सुधारका लागि सुझाव पेश गर्न कार्यदल गठन : गभर्नर डा. पौडेल

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताएका छन् ।
आइतबार नेपाल उद्योग परिसंघसँगको भेटमा यस्तो बताए ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले गभर्नर पौडेललाई मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको छ ।

अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे ।

उनले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छ लगायतका विषयमा सुझाव दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime