Skip to content

ह्वाट्सएपमा तीन वटा नयाँ विज्ञापन सुविधा सुरु, व्यक्तिगत च्याट कति सुरक्षित ?

nabil bank
एजेन्सी । मेटा स्वामित्वको ह्वाट्सएपले तीन वटा नयाँ विज्ञापन सुविधा सुरु गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताका व्यक्तिगत च्याटहरूमा यी विज्ञापन देखिने छैनन् र गोप्य (एन्ड–टु–एन्ड इन्क्रिप्टेड) सन्देशहरूको आधारमा विज्ञापन छनोट गरिने छैन ।
नयाँ सुविधाअन्तर्गत विज्ञापन देखाउन प्रयोगकर्ताको देश, सहर, भाषा, उनीहरूले अघिल्लो विज्ञापनहरूसँग गरेको अन्तरक्रिया र अनुसरण गरेका च्यानलहरूलाई आधार बनाइनेछ । तर, जसले आफ्नो व्हाट्सएप खाता फेसबुक वा इन्स्टाग्रामसँग लिंक गरेका छन्, उनीहरूले अझ बढी व्यक्तिगत रुपमा अनुकूलित विज्ञापन देख्नेछन् ।
यी विज्ञापनहरू ‘अपडेट्स’ नामक ट्याबमा देखिनेछन्, जुन एपको तल्लो भागमा छुट्टै राखिनेछ ।
ह्वाट्सएपक अनुसार विश्वभर हाल यसको १.५ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । नयाँ सुविधाले व्यवसायहरूलाई आफ्ना
च्यानल प्रवद्र्धन गर्न, नयाँ फलोअर आर्जन गर्न तथा विशेष सामग्रीको पहुँचका लागि सदस्यता शुल्क लिन दिनेछ। सदस्यता शुल्कबाट कम्पनीले १० प्रतिशत कमिसन लिनेछ भने व्यवसायको आकारअनुसार एप स्टोरमा अतिरिक्त शुल्क लाग्न सक्नेछ ।
यसका साथै व्यवसायहरूले स्टेटस अपडेटमार्फत समेत विज्ञापन गर्न सक्नेछन् । यो इन्स्टाग्राम स्टोरीज जस्तै देखिनेछ र क्लिक गरेपछि प्रयोगकर्ताले सो व्यवसायसँग प्रत्यक्ष च्याट गर्न सक्नेछन् ।
सोशल मिडिया विशेषज्ञ म्याट नवाराका अनुसार यो कदम मेटाले ह्वाट्सएपलाई ठूलो परिमाणमा आम्दानी गर्ने प्लेटफर्म बनाउन थालेको संकेत हो । तर, निजी च्याट जोगाउँदै व्यापारिक मोडेल विस्तार गर्नु मेटाका लागि चुनौतीपूर्ण पनि बन्न सक्छ ।
विशेषगरी बेलायत र युरोपजस्ता बजारमा जहाँ यो एपलाई केवल सन्देश पठाउने माध्यमका रूपमा लिइन्छ, त्यहाँ विज्ञापन र सामग्री फिड थपिँदा प्रयोगकर्ताको असन्तुष्टि देखिन सक्ने उनले बताए ।
ह्वाट्एसपका प्रमुख विल क्याथकार्टका अनुसार नयाँ सुविधा मेटाका अन्य प्लेटफर्महरू फेसबुक र इन्स्टाग्रामसँग मिल्दोजुल्दो छ । “इन्स्टाग्राम र ह्वाट्सएपमा दुवैमा स्टोरीज सुविधा छ । अब व्यवसायहरूले दुवैमा आफुलाई प्रवद्र्धन गर्न सक्नेछन् । यो म्यासेजिङ सेवाको स्वाभाविक विस्तार हो”, उनले भने ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime