Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रि पन सेसनमा मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

सोमबार २.८० अंक बढेर २६५८.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक बढेर २६५९.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३० स्टकको ५९ पटकको कारोबारमा १ करोड ६८ लाख ६२ हजार ५९४ रुपैयाँबराबरको ३२ हजार २०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima