Skip to content

सीतापाइला बहुउदेश्यीय सरकारीले तिरेन ऋण, पूर्वसञ्चालकको धितो लिलामी गर्दै सहकारी बैंक

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले पूर्वसञ्चालकको धितो लिलामी गर्ने भएको छ ।

बैंकबाट लिएको ऋणको साँवा ब्याज समयमा नै नतिरेको भन्दै सीतापाइला बहुउदेश्यीय सरकारी संस्थाका सञ्चालकहरुको धितो लिलामी गर्ने तयारी गरेको छ ।

बैंकले सहकारीका अध्यक्षसहित संचालकको नाममा कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ ।

३५ दिन भित्र सहकारीले बैंकको कर्जा नतिरेको खण्डमा बैंकले सहकारीका संचालकको धितो लिलामी गर्ने जनाएको छ ।
हाल सहकारीको अध्यक्षमा केदार मानन्धर रहेको छन् । मानन्धर यसअघि बैंकको सञ्चालक रहेका थिए । उनी बैंकको सञ्चालक रहेको समय सहकारीले कर्जा लिएको थियो । त्यो कर्जा अझै तिरेको छैन ।

बैंकले पटक पटक सूचना निकाल्दा पनि सहकारीले समयमा कर्जा ब्याज तथा साँवा नबुझाएपछि संस्थाको धितो लिलामी गर्न लागेको जनाएको छ । हाल सहकारीको अध्यक्षमा केदार मानन्धर रहेका छन् ।

यस्तै गौरिप्रशाद दवाडी उपाध्यक्ष, सबिना साक्य सचिव, हारुन रसिद कोषाध्यक्ष, धन बहादुर श्रेष्ठ सञ्चालक, सुन्दर श्रेष्ठ साबिक सञ्चालक, डा. तारक बहादुर केसी साविक सञ्चालक सदस्य, घनश्याम गिरी साविक सञ्चालक सदस्य रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi