Skip to content

सामान्य घटेर बन्द भयो सेयर बजार, कारोबार साढे ७ अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३.९० अंक घटेर २६५४.७५ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।

साताको अघिल्लो दुई कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो । मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ । मंगलबार १० उपसमूहको परिसूचक घटेका छन्।

आज लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ४५ कम्पनीहरुको सेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि बढ्न पुगेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ।

आज ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ६४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। आज पियोर इनर्जीको सेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सो कम्पनीको सेयरमूल्य यस दिन ९९ रुपैयाँ ७० पैसा बढेर १ हजार ९७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। यस कम्पनीको सेयरमूल्य निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसैगरी, आज बुटवल पावर कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ४.६२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७४ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima