Skip to content

एनएमबि बैंकको २ लाख ९० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले कालीदास र कल्पना पाण्डेको नाममा रहेको २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आज बुधबारदेखि बिक्रीमा राखेको छ।

उक्त कम्पनीले संस्थापक सेयरधनी कालीदास गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता र कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता सेयर रहेको छ।

राष्ट्र बैंकको नियमअनुसार संस्थापक सेयर बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल यसमा बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

यसका लागि अबको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्ने छ। निवेदन प्राप्त भएपछि खरिदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

साथै यस अवधिभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima