काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले इच्छुक संस्था तथा व्यक्तिसँग सुझाव मागेको छ ।
आफ्नो अनुभव र विज्ञताका आधारमा २०८२ असार ११ गतेसम्म इमेल मार्फत सुझाव माग गरेको छ । राष्ट्र बैंकले विभिन्न ६ वटा विषयमा केन्द्रित रहेर बैंकिङ क्षेत्र सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ ।
समितिले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्ने छ ।
यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा अध्ययन गर्ने छ ।
ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा अध्ययन गर्ने छ ।
यस्तै नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा अध्ययन गर्ने छ ।






प्रतिक्रिया दिनुहोस्