Skip to content

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज, सम्पत्ति शुद्धीकरणको आशंका

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रा. लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. लाई दिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्रा. लि. तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. लाई दिएको अनुमतिपत्र खारेज गरेको हो ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेल नेपाललाई २०७७ असोज ११ गते र सजिलो पे पेमेन्ट सर्भिसेजलाई २०७७ चैत १७ गते अनुमति दिएको थियो ।

राष्ट्र बैंकका अनुसार पेवेल र सजिलो पेले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लंघन गरेको पाइएको छ ।

उक्त प्रावधान उल्लंघन गरेको भन्दै आजको निर्णयानुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi