काठमाडौं । हिम स्टार उर्जा कम्पनीले अहिले रोजगारीका लागि विदशेमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ ।
कम्पनीका अनुसार आव २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी २१ पैसाले नकारात्मक रहेको थियो । आव २०८१/०८२ को चैत मसान्तसम्मको प्रति सेयर आम्दानी लुकाइएको छ । आव ०८१/०८२ को असार मसान्तसम्म १.९१ रुपैयाँ, आव २०८२/०८३ मा ५.४८ रुपैयाँ, आव ०८३/०८४ मा ७.६१ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ।
यस्तै कम्पनीको नेटवर्थ चैत समान्तसम्म ९९.१८ रुपैयाँ, आव २०८१/०८२ मा १०१.३३ रुपैयाँ, आव ०८२/८३ मा १०६.८१ रुपैयाँ र आव ०८३/०८४ मा ११४.४२ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
चैत मसान्तसम्म २१ लाख ५० हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी आव २०८१/०८२ मा ४९ लाख ५१ हजार रुपैयाँ रुपैयाँ नाफा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै आव २०८२/०८३ मा २ करोड ५३ लाख ९१ हजार रुपैयाँ र आव ०८३/०८४ मा ५ करोड ३७ लाख ७५ हजार रुपैयाँ हुने प्रक्षेपण रहेको छ । कम्पनीले आव २०८१/०८२ को चैत मसान्तसम्मको प्रतिसेयर आम्दानी भने लुकाइएको छ ।
कम्पनीमा प्रबन्ध सञ्चालक दिपक तिवारीको १५.१९ प्रतिशत, शोभा उप्रेतीको ७.८० प्रतिशत, धु्रवलाल पाण्डे ३.४५ प्रतिशत, नारायण प्रसाद उप्रेती ३.२२ प्रतिशत, जगदिश पौडेल ३.०१, किशोर दत्त बराल २.६१ प्रतिशत, भिजन लुम्बिनी लिमिटेडको २.५७ प्रतिशत सेयर स्वामित्व छ ।
दिपेश उप्रेती १.९५ प्रतिशत, सुदर्शन अधिकारी १.७२, सुरज कुमार श्रेष्ठ १.७२ प्रतिशत, रेखा अधिकारीको १.७२ प्रतिशत, ईश्वर कार्कीको १.१५ प्रतिशत र मिठु कुमारी उप्रेतीको १.११ प्रतिशत सेयर स्वामित्व छ ।







प्रतिक्रिया दिनुहोस्