काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँको आईपीओ ल्याउन अनुमति दिएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएको छ ।
कम्पनीले १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई निष्कासन गरेको छ ।
सर्वसाधारणलाई छुट्याइएको २९ लाख १९ हजार ५०० कित्तामध्ये २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
यस्तै ५८ हजार ३९० कित्ता कर्मचारी, १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपाली र स्थानीयले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा स्थानीयले भने साउन ६ गतेसम्म आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।
स्थानीयले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर माफेत आवेदन दिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्