Skip to content

युनाइटेड अजोड इन्स्याेरेन्सको ३० गते एजीएम, लाभांश प्रस्ताव पारित गर्ने

nabil bank

काठमाडौं । युनाइटेड अजोड इन्स्याेरेन्सले असार ३० गते वार्षिक साधारणसभा (एजिएम) बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, क्याटरिङ एन्ड इभेन्ट प्रालि, भाटभटेनी काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । साधारण सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।

सैगरी, सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुँजीको १० प्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime