Skip to content

पहिरोको चपेटामा काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथ सडक, यात्रुलाई सास्ती (फोटोफिचर)

nabil bank

काठमाडौं । मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो।

देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये टीकाभैरव–हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौंडा हुँदै पूर्व जाने सवारीसाधनले यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

टीकाभैरव–हेटौंडा सडक पनि जोखिम रहित भने छैन । टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

भिमफेदी (बागमती खोला) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो जाने, ढुंगाहरु खस्ने भइरहेको छ भने सँगै बाटो निर्माणको काम पनि भइरहेको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime