काठमाडौं । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलङ्की जाने सडकको आकाशे पुल अलपत्र परेको छ । व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।
कङ्क्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बिचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ । ग्वार्कोमा भने हालै मात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ।








प्रतिक्रिया दिनुहोस्