Skip to content

सेयर बजारमा सामान्य सुधार, कारोबार भने खुम्चियो

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक ४.७८ अंक बढेर २६००.७६ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ। अघिल्लो दिन सेयर बजार घटेको थियो ।

आज नेप्से परिसूचक बढेको भए तापनि कारोबार रकम भने अगाडीको कारोबार दिनहरुको तुलनमा खुम्चियको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ९ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको आज भने ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ ।

सोमबार कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत बढेको छ। आज विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime