Skip to content

चालु पुँजी कर्जामा राष्ट्र बैंकको नयाँ नीतिः कर्जा भुक्तान तालिका २०८४ सम्म गर्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन एक वर्ष पछि मात्र कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार सोमबार एक परिपत्रमार्फत् जारी गर्दै चालुपुँजी कर्जा मार्गदर्शन एक वर्ष पछिबाट मात्र लागु हुने गरी पुनराअबलोकन गरिने जनाएको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार हाल व्यवसायीहरुले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालुपुँजी कर्जा पाउँने गरेका छन् ।

राष्ट्र बैंकले व्यवसायीले उक्त सीमाभन्दा बढी त्यस्तो कर्जा लिएका छन् भने सीमामा कायम गर्ने अवधि २०८२ असार मसान्तसम्म सीमा ल्याउन भनेको थियो । राष्ट्र बैंकले उक्त २०८३ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरेको हो । 

चालु पुँजी कर्जाको मार्गदर्शनअनुसार बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने सुविधा दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा यस्तो कर्जामा यसअघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता गर्न पाइने छैन ।

यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi