काठमाडौं । बजेटमा भएको ‘टेक एण्ड पे’ र ‘टेक अर पे’ दुवै नराख्ने सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ ।
नेतृत्वबीचको छलफलमा सोमबार यस्तो सहमति भएको एक जना नेताले बताए। उनीहरुबीच अब माग र खपतको आधारमा पीपीए अगाडि बढाउने, ऊर्जा विकास मार्गचित्र २०८१ लाई पूर्णरुपमा कार्यान्वयन गर्ने गरी सरकारले अगाडि बढाउने सहमति भएको हो ।
ऊर्जा व्यवसायीहरुले यसको निरन्तर विरोध गर्दै आएपछि सत्तारुढ दलहरुबीच सो प्रावधान नराख्न सहमति भएको हो ।






प्रतिक्रिया दिनुहोस्