Skip to content

खानीखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

nabil bank

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिन्स क्यापिटल रहेको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको कम्पनीले जनाएको छ। हकप्रदपछि बिक्री पछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime