Skip to content

बजारमा अधिक तरलता भएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार ११ गते ५० अर्ब रुपैयाँ उठाउने भएको हो ।

राष्ट्र बैंकले ६३ दिन अवधीका लागि उठाउन लागेको ६० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ ११ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime