Skip to content

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी बमबहादुर मिश्रलाई

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन् ।

मंगलबार गभर्नर विश्वनाथ पौडेल स्विट्जरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना पनि हाल बंगलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime