Skip to content

नारायणगढ–मुग्लिन सडक खण्डकाे तुइन खोलामा बिहान ११ बजेदेखि दुई घण्टा बाटो बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै आज बिहीबार बिहान ११ देखि दिउँसो १ बजेसम्म करिब दुई घण्टा सवारी आवागमन बन्द गरिने सडक डिभिजन भरतपुरले जानकारी गराएको छ ।

उक्त स्थानमा पहिरोको जोखिम छ । कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने सडक डिभिजनले जनाएको छ ।

‘सो सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य रहेको हुँदा आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब दुई घण्टाजति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराइन्छ,’ सडक डिभिजनको सूचनामा उल्लेख छ ।

सो अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न पनि सडक डिभिजनले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T