Skip to content

पिपुल्स पावरले हकप्रद सेयर निष्काशन गर्ने, बैंकको ऋण तिर्न खर्चिने

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ । १० कित्ता सेयर हुनेले ५ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

असार २२ गतेदेखि देखि निष्कासन हुने हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्काशन गर्न कम्पनीले असार २ गते बुकक्लोज गरेको छ । असार १ गतेसम्म कायम रहेका सेयधनीले आवेदन दिने पाउनेछन् । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगञ्ज, सुर्खेत पोखरा, बुटवल, र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

यस्तै धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ । हकप्रद जारी भएपछि ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। हकप्रदबाट संकलन भएको रकम बैंकको ब्याज तिर्ने र बाँकी रहेको पैसा निर्माणाधिन पुवा २ जलविद्युत आयोजना लगानी हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima