Skip to content

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

nabil bank

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे एक्स्चेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट २०८२’ बिहीबार ललितपुर लगनखेल बसपार्कमा भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन ललितपुर महानगरपालिका–१२ का वडाध्यक्ष नारायणलाल अवाले र एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवालले गरे ।

१२ देखि १७ असारसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरसहित सहजै एक्स्चेन्ज गर्न पाइने छ । यामाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्यांकन र फाइदासाथ साट्ने अवसर प्राप्त हुनेछ ।

यामाहा ब्लु फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्स्चेन्ज गर्न मिल्ने, यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजार रुपैयाँको मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्स्चेन्जमा अतिरिक्त १० हजार बोनस र ६ हजारसम्मको नगद छुटको अफर पाइने छ ।

फेस्टमा यामाहाका चर्चित र लोकप्रिय मोडेलहरू प्रदर्शनीमा राखिएका छन्। ARAI प्रमाणित ७१.३३ कि.मी. प्रति लिटर माइलेज दिने RayZR 125FI Hybrid स्कुटर, स्पोर्टी डिजाइनसहितको R15 V4, दमदार उपस्थिति दिने MT-15 V2, FZ V3 श्रृंखला, पर्फर्मेन्स स्कुटर Aerox 155 र अफ–रोड बाइक WR155R फेस्टको आकर्षण बनेका छन्। जापानी प्रविधिमा निर्मित यामाहा सवारीहरूले सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ।

यामाहा नेपालले ब्लू फेस्टलाई केवल एक्सचेन्ज कार्यक्रमका रूपमा मात्र नभई सवारी संस्कृतिको उत्सवका रूपमा प्रस्तुत गरेको छ, जसमा प्रविधि, रमाइलो, र राइडर समुदायबीचको सम्बन्ध जोडिएको छ। एमएडब्ल्यू राइड्सको नेतृत्वमा रहेको यामाहा ब्रान्डले सधैं ग्राहक सन्तुष्टि, नवप्रवर्तन र उच्च प्रदर्शनलाई प्राथमिकता दिँदै आएको छ।

आफ्नो पुरानो बाइक अपग्रेड गर्न चाहने ग्राहकदेखि नयाँ मोडेल अनुभव गर्न चाहने सवारीप्रेमीसम्मका लागि यामाहा ब्लू फेस्ट लगनखेलमा सप्ताहव्यापी गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime