Skip to content

नबिल बैंकले ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

nabil bank

काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ८ वर्ष अवधिको ‘७ प्रतिशत नबिन डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकको यस ऋणपत्रमा लगानी गर्दा वार्षिक ७ प्रतिशत ब्याजदर पाइने व्यवस्था रहेको छ । बैंकले कुल ३० लाख एकाइ ऋणपत्र निष्कासन गर्ने छ । जसमा १८ लाख एकाइ व्यक्तिगत तवर र १२ लाख एकाइ सार्वजनिक निष्काशन हुनेछ । यस ऋणपत्रको प्रति एकाइ मूल्य एक हजार रुपैयाँ बराबर रहेको छ ।

क्रेडिट रेटिङ संस्थाले यसलाई इक्राएनपी–आईआर एप्लस रेटिङ दिएको छ। यो एक मध्यम–उच्च श्रेणीको रेटिङ हो। ‘इक्राएनपी–आईआर एप्लस’ रेटिङ भनेको संस्था कर्जा समयमै फिर्ता गर्न पर्याप्त रूपले सुरक्षित छ, भन्ने बुझिन्छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime