काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद संस्थापक १० लाख ९४ हजार ४ सय ७१.१८७ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको छ ।
लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, नेपाल फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु , प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।
इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईने कम्पनीले जानकारी दिएको छ ।
बोलपत्रदाताले बोलपत्र पेश गर्दा संस्थापक सेयरको लागि न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढि १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइने छ र सोही अनुसार बाँडफाँड गरिन कम्पनीले जनाएको छ ।
बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन नपाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्