Skip to content

विनयी खोलाको अस्थायी पुल बगेपछि मालबाहक सवारी बन्द हुँदा निर्माण क्षेत्रमा असर

nabil bank

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा ठूला मालबाहक सवारी साधन आउजाउमा समस्या परेको छ । जसको कारण निर्माणको सामग्री ओसारपसारमा ठूलो असर पुगेको नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।

‘असार २ गते सोमबार आएको बाढीले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट हालसम्म मालबाहक गाडी सञ्चालन हुन सकेका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडी भने होङ्सी सिमेन्टको गेट हुँदै दुम्कीबास बजार निस्किबाट आउनेजाने गरेका छन् ।’

साना तथा खाद्यान्नको गाडीहरु पास भइरहेका कारण अति आवश्यकको वस्तु ओसारपसारमा खासै असर नपरेको श्रेष्ठले बताए । भन्सारबाट आयात भएका वस्तु लिएर आउने ठूला ट्रकमात्र आउनमा समस्या परेको उनले बताए ।

उक्त बाटो बन्द हुँदा दैनिक आवतजावत गर्ने ६ सयवटा मालबाहक गाडीको आउनेजाने बाटो रोकिएको श्रेष्ठले बताए। ‘उक्त बाटो हुँदै दैनिक ६०० वटा ट्रक आउने जाने गरेको छ’, श्रेष्ठ भन्छन्, ‘एउटा गाडीले एक दिनको ६० हजार रुपैयाँ भाडा लिन्छन् ।’

उद्योगी व्यवसायी र ट्रक व्यवसायी बाटो बन्द हुँदा ठूला मर्कामा परेको उनले बताए । यसरी दैनिक सामान ओसारपसार गर्ने सवारीले सामान बजारसम्म न ल्याउँदा त्यसले बजारमा पनि असर परेको श्रेष्ठको बुझाई छ ।

नारायणघाट बुटवल सडक खण्डको योजना प्रमुख इर्श्वरबहादुर रिजालका अनुसार उक्त पुल पूर्णरूपमा सञ्चालनमा आउन अझ ५ दिन लाग्ने बताए । ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलाको डाइभर्सन पूर्णरूपमा बनिसक्न लागेको छ ।’ रिजाल भन्छन्, ‘आगामी साताको अन्तिमबाट ठूला मालबाहक गाडीलाई नै उक्त डाइभर्सनबाट सञ्चालन गर्न अनुमति दिन्छौं ।’ पानी नपरेको समयमा हिजोआज पनि ठूला ट्रकलाई बाटोको अवस्था हेरेर पठाउने गरिएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime