Skip to content

माबिलुङ्ग इनर्जीले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । माबिलुङ्ग इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न लागेको हो । जसमा प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियलाई निष्कासन गर्ने भएको छ ।

उक्त सेयरमा संखुवासभा जिल्लाको मादि नगरपालिका– ७, ८, ९ र चैनपुर नगरपालिका–२, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँको १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित स्थानिय बासिन्दाले साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ४ गतेसम्म मात्रै आवेदन दिन सकिने छ ।
विदेशमा रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै आयोजना प्रभावितले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका साथै ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं। ७ बाट आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime