Skip to content

१९ सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न अन्तिम ताकेता

nabil bank

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित १९ सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न तोकेता गरेको छ ।

कार्यालयले १९ सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई असार मसान्तसम्म ऋण तिर्ने समय दिएको हो ।

कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १० बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका निम्ति लेखी आएकाले सोही अनुसार असार मसान्तसम्म ऋण तिर्न भनेको हो ।

१९ सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई पटक–पटक सार्वजनिक सूचना प्रकाशन गर्दा समेत आफ्नो दायित्व भुक्तानी गरेका छैनन् । यो अन्तिमपटक मौका दिएको जनाइएको छ ।

तोकिएको समयभित्र दायित्व राफसाफ नगरे साँवा, ब्याज, हर्जाना समेत ऋणमा गणना गरि साउन १ गतेदेखि असुली थाल्ने जनाएको छ ।

हालसम्म सरकारले १९ बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यी सहकारीले बचतकर्ताको अर्बौ रुपैयाँ ठगेका छन् । जसमा – प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड
– प्रभु बचत तथा ऋण सहकारी संस्था, ओरेन्टल को–अपरेटिभ,  गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था रहेको छ ।

स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, नेपाल सहकारी वित्तीय संस्था, लुनिभा बहुउद्देश्यीय सहकारी संस्था,  हाम्रो नयाँ कृषि सहकारी संस्था,  कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था रहेको छ ।

यस्तै भेगास बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालिगुरास बहुउद्देश्यीय सहकारी संस्था, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था,  कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था  र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime