काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘फोन पे’सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ग्राहकले कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत लागू हुने जनाइएको छ ।
यस सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवश्यकता नपर्ने भएकाले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले जनाएको छ । सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफरसमेत ल्याएको छ ।
डिजिटल नवप्रबर्द्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैंकमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ ।






प्रतिक्रिया दिनुहोस्