Skip to content

सेयर बजारमा हरियालीः यी हुन् कमाउने र गुमाउने कम्पनी

nabil bank

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै केही उतार चढाब देखिएको बजार अन्तिम समयसम्म भने दोहोरो अंकले बढोत्तरी भएको छ ।

यो दिन बजार मापन गर्ने सूचक २६.५३ अंकले बढेर परिसूचक २६२२.२८ बिन्दु कायम भएको छ । ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सयेर ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३९.४५ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । कारोबामा ६३ कम्पनीको मूल्य घटेको छ भने १८५ कम्पनीको मूल्य बढेको छ ।

कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक, बिध्याबासिनी हाइड्रो, ग्रिन भेन्चर्स, त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ ।

यस्तै जोशी पावर, युनिलिभर नेपाल, पन्चकन्या माइ हाइड्रो, पियोर इनर्जी, बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime