Skip to content

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन

nabil bank

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आजबाट हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४० करोड रुपैयाँको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।

हकप्रद सयर निष्कासन गर्न भन्दै कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको छ । जेठ ५ गतेसम्म कायम रहेका सेयधनरधी मात्रै आवेदन दिनसक्नेछन् । हकप्रद सेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

यसमा नबिल बैंककको छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखाबाट आवेदन दिन सकिने छ । यस्तै कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सकिने छ । हकप्रद सेयरमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ । हकप्रद सेयर बाँडफाँटपश्चात ८० करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime