Skip to content

सन सेक्युरिटिजद्वारा श्रमिकहरुका लाइफटाइम निःशुल्क ‘रेमिट डिम्याट’ खाता सञ्चालनमा

 

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहिबारदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको हो ।

यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पुँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास रहेको छ । सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरुका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरुले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi