Skip to content

सेयर बजारमा हरियाली, ७ अर्ब बढीको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार मापन गर्ने सूचक २८.९१ अंकले बढेर परिसूचक २६६०.३९ बिन्दु कायम भएको छ । ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २१७ कम्पनीको मूल्य बढेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूह र ट्रेडिङ समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ ।

कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, बरुण हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस्तै युनिलिभर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime