काठमाडौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्यहरु व्यस्त हुँदा बैठक बस्न सकेको छैन ।
बोर्डले सोमबारका लागि सञ्चालक समितिको बैठक बोलाइएको थियो । केही सञ्चालकहरुले आफुलाई अत्यन्तै व्यस्त भएको बाहना बनाएर उपस्थित नहुँदा बैठक बस्न नसकेको स्रोतको भनाइ छ ।
सेबोनको सञ्चालकबाट उद्योग वाणिज्य महासंघका प्रतिनिधि गोकर्ण अवस्थीलाई फिर्ता बोलाइएको छ । महासंघले अर्को सदस्य पठाएको छैन ।
आइक्यानका प्रतिनिधि निल सारु मगर विदेशमा छन् । सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका प्रतिनिधी रेवति प्रसाद नेपाल र विज्ञ सञ्चालक भोला ढुंगाना बैठकमा उपस्थित भएनन् । सञ्चालकहरु कार्य व्यवस्थताले उपस्थित नहुँदा बैठक बस्न नसकेको बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
बोर्ड बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रकृया अघि बढाउने लगायतका प्रस्ताव रहेका थिए ।






प्रतिक्रिया दिनुहोस्