Skip to content

टिएम वानका सय भन्दा बढी गाडी सडकमा

default

काठमाडौँ । टीएमवानले नेपालभर १०० भन्दा बढी युनिट गाडी सञ्चालनमा ल्याएको छ ।

टीएमवान नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ ।

चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएमवानको माग बढदो क्रममा रहेको कम्पनीको दाबी छ ।

व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएमवान दुई फरक साइजका लोडिङ डेक ९८ फिट र १० फिट० मा उपलब्ध छ । सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनइडीसी रेन्ज प्रदान गर्छ ।

जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएमवानले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T