Skip to content

आईपीओ निष्कासन गर्दैै स्वस्तिक लघुवित्त वित्तीय संस्था

nabil bank

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपी‌ओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँका दरले २३ हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । यस्तै ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारी र ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime