Skip to content

४० रुपैयाँमा बिक्न छाड्यो बैंकको संस्थापक सेयर, ग्राहक खोज्दिनु भन्दै अनुरोध गर्न थालेः विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद् बिनोद चौधरीले बैंकको प्रमोटर सेयर ४० रुपैयाँमा पनि बिक्न छाडेको बताएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमामा अर्थ समितिको बैठकमा बोल्दै उनले १०० रुपैयाँको प्रमोटर सेयर ४० रुपैयाँमा बेच्न खोज्दा पनि बिक्रि हुन छाडेको बताएका हुन् ।

‘प्रमोटरका सेयर सय रुपैयाँ भन्दा पनि घटी मोलमा किन्ने मानिस छैनन् ।’ उनी भन्छन, ‘त्यसले अर्को के तस्विर देखाउँछ भने बैंक प्रति, बैंकको सेयर प्रति लगानीकर्ताको लगानीको चाहना कम भएको यसले प्रस्ट देखाएको छ । हिजो मलाई एक जना साथीले बैंकको १०० रुपैयाँको सेयर ४० रुपैयाँमा दिन तयार छु, कोही किनिदिने छ की भनेर सोध्नु भयो ।’

यसैगरी, नम्बर भनेको वर्तमान अर्थतन्त्रको स्थिति, लगानीको स्थिति, बैंकहरुसँग भएको तरलताको स्थिति र ऋण लिनेले पनि ऋण लिन नचाहेको स्थिति सर्जिना भएको उनको बुझाई छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima