Skip to content

बन्दीपुर केबलकारले आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्ड बिहीबार बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको हो।

बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । यस कम्पनीको अध्यक्ष रामचन्द्र शर्माले रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima