Skip to content

बिकेन राप्ती हाइड्रोले निष्कासन गरेको हकप्रद सेयर, आवेदन दिने समय थप 

nabil bank
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।
कम्पनीले असार १ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि आवेदन दिने समय थपिएको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ। माग अनुसार आवेदन नपरेको भएर आवेदन दिने समय थपिएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले जेठ ६ गते बुकक्लोज गरेको छ । जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।  यस्तै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गां), बुटवल रुपन्देही नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।
धितोपत्र बोर्डबाट सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime