Skip to content

असार २९ गतेदेखि बुंगल हाइड्रोको आईपीओ निष्कासन हुने, २० हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । आगामी असार २९ गतेदेखि बुंगल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ।

उक्त कम्पनीले आफ्नो ८३ करोड रुपैयाँको जारी पुँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ।

उक्त आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत भाग अति प्रभावित क्षेत्रका बासिन्दाहरू बझाङ जिल्ला बुंगल नगरपालिका वडा नम्बर ६ (साविक पीपलकोट गाविस–४, ५, ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस–१०) मा बाँडफाँट गरिनेछ। त्यस्तै, बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बुङ्गल नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूका लागि हुनेछ।

त्यस्तै, विदेशमा श्रम स्वीकृति लिएर रोजगारी गरिरहेका नेपालीहरूका लागि २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरका २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका लागि साउन ११ गते छिटोमा बन्द हुनेछ भने ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। विदेशमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि साउन ११ गतेसम्म सीमित हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima