Skip to content

कृषि तथा उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको छः गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित प्रि-मनिटरी पोलिसी कार्यक्रममा गभर्नर पौडेलले उक्त कुरा बताएका हुन् । उनले समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने आश्वासन दिलाए ।

उनले निष्कृय कर्जा बढी भएको उकास्न आवश्यक रहेको तर्क गरे ।

‘कृषि र उद्योग क्षेत्रमा एनपिएल बढी छ, जुन क्षेत्रमा कर्जा बढी जाओस भन्ने चाहेका थियौं, त्यही क्षेत्रमा बढी एनपिएल देखियो’ उनले भने ‘बढी एनपिएल हुँदैमा ती क्षेत्रलाई छोड्न मिल्दैन, हाम्रो नीति पनि त्यहीअनुसारको ल्याउने गरी छलफल गरिरहेका छौं ।’

मुलुकको समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने विषय राष्ट्र बैंकको हातमा मात्र नरहेको उgको भनाइ छ । अहिलेको समस्या समाधानका लागि वित्त नीतिले नेतृत्व गरेर ऊर्जा, सडक, पुलजस्ता ठूला पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न अतिआवश्यक भइसकेकामा उनको जोड थियो ।

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय चाहिन्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै गभर्नर पौडेलले पछिल्लो समय मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाका वासलातमाभन्दा पनि सूक्ष्म सूचक व्यवस्थापनमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T